यसरी थाहा पाउनुस् तपाइँको मेमोरी कार्ड सक्कली कि नक्कली
पछिल्लो समयमा हामीसँग हुने हरेक डिभाइसमा मेमोरी कार्ड राखिन्छ । स्मार्ट फोन देखि ट्यावलेट र क्यामेरा सम्म मेमोरी कार्ड अनिवार्य जस्तै बनेको छ ।
यदि तपाइँलाई ह्वाट्सएप, ट्वीटर, फेसबुक वा अन्य सोशल मीडिया चलाउनु पर्यो भने त्यसमा हुने भिडियो वा तस्विर सेभ गर्न पनि मेमोरी आवश्यक पर्छ ।
ट्याबलेट, स्मार्टफोन, क्यामेरा र अन्य मोबाइल डिभाइसका लागि अलग अलग मेमोरी कार्ड अर्थात एससडी कार्ड रखिन्छ । एससडी कार्ड सुरक्षित छ कि छैन भन्ने थाहा पाउन सकेन भने त्यो छिट्टै विग्रिने वा काम नगर्ने हुन सक्छ । यहाँ मोमोरी कार्ड सक्कली हो कि नक्कली भनेर थाहा पाउने तरिका चर्चा गरिएको छ ।
यसरी थाहा पाउनुस् तपाइँको मेमोरी कार्ड सक्कली कि नक्कली !
गुगल प्लेबाट तपाइँले आफ्नो स्मार्टफोनमा एससडी इनसाइट (SD Inshight) नामको एप डाउनलोड गर्न सक्नु हुन्छ । यसले तपाइँलाई कार्ड नक्कली हो कि सक्कली भनेर तत्काल थाहा दिन्छ ।
यो डाउनलोड गरेपछि तपाइँको कार्ड स्मार्टफोनमा राख्नुस् । यसले तपाइँको कार्ड बनाउने कम्पनी, यसमा रहेको स्टोरेज क्षमता, कार्ड बनेको मिति तथा अन्य जानकारी दिन्छ । यदि तपाइँको कार्ड राख्दा साथ एपले “SD card is invalid (एससडी कार्ड इज इनभ्यालिड)” भन्ने म्यासेज आयो भने बुझ्नुस् तपाइँको कार्डमा केही खरावी छ या यो नक्कली कार्ड हो ।
त्यस्तै पुनः चेक गर्दा तपाइँको स्क्रिनमा “Origin is uknown” देखियो भने बुझ्नुस् तपाइँको कार्ड नक्कली भन्ने थाहा हुन्छ ।
तपाइँले कार्ड किन्ने समयमा प्याकिङ गरिएको हुन्छ । तर यस्ता प्याकिङ गरिएका कार्ड समेत नक्कली हुने प्रवल सम्भावना हुन्छ । यो एपको मद्दतले तपाइँलाई नक्कली कार्डमा पैसा हाल्नबाट बचाउन सक्छ ।
(एजेन्सीको सहयोगमा)