तारा एयरले खोल्यो आफ्नो विमान दुर्घटना हुनुको कारण (विज्ञप्ति सहित)

पोखराबाट जोमसोम जाने क्रममा बुधबार विहानै म्याग्दीको सोली घोप्टेभीरमा दुर्घटनाग्रस्त आफ्नो विमानबारे तारा एयरले विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमार्फत तारा एयरले विमान दुर्घटनाको प्रारम्भिक कारण खुलाएको छ । मौमसमा भएको अनपेक्षित फेरबदलका कारण उडानमा कठिनाई भएर विमान दुर्घटना भएको हुनसक्ने विज्ञप्तिमा जनाइएको छ ।
‘नेपालको भौगोलिक बिकटताका साथै तीव्र गतिमा मौसममा हुने अनपेक्षित फेरबदलले उडानमा समस्या भएका कारण दुर्घटना हुन सक्ने हामीले अनुमान गरेका छौँ,’ तारा एयरका महाप्रबन्धक देवानन्द उपाध्यायद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
