७० वर्षीय बृद्ध बलात्कारको आरोपमा पक्राउ
२८ मंसिर, इलाम।
बालिका बलात्कार गरेको आरोपमा इलाम चुलाचुलीका एक वृद्धलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई फकाइफुल्याइ आइतबार बेलुका घरनजिकैको काँसघारीमा दुलालले बलात्कार गरेको प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए ।
पक्राउ परेका वृद्धले बालिका बलात्कार गरेको स्वीकारेका छन् । पीडितको अवस्था सामान्य रहेको बताइएको छ । रासस

