Breaking news>>> नेपालमै पसेर भारतीय सुरक्षाकर्मीले गोली चलायो, ४ नेपाली घाइते

९ मंसिर, सुनसरी ।

नेपाली भूमिमा पसेर भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीको हरिपुर ७ भण्टाबारीमा गोली चलाउँदा चारजना नेपाली गम्भीर घाइते भएका छन् ।


भारतबाट तेल तस्करी गरि ल्याउनेक्रमा एसएसवीले रोक्न खोज्दा तेल तस्करहरुले न मानेपछि गोली प्रहार गरेकोले एसएसवीले दावी गरेको छ ।



Indian ssp goli prahar ghaite (1)

गोली लागी घाइते हुनेहरुमा हरीपुर ७ का ३२ वर्षीय मनोज यादव,२५ वर्षीय अशोक यादव, २० वर्षीय ललित मगरैता र नरेश यादव रहेको बुझिएको छ । घाइतेहरुको धरान स्थीत विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

Indian ssp goli prahar ghaite (2)

घटनाको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने मल ल्याउने क्रममा क्यारियरवालासँग विवाद भएपछि एसएसबीले गोली चलाएको तर गोली स्थानीयलाई लागेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.