नयाँ संविधानको आयुमै शंका भएको ज्योतिषीको दाबी
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
१२ मंसिर, काठमाडौं।
संविधानसभाले संविधान जारी गर्दाको समयमा नराम्रो ग्रह परेकोले यो नयाँ संविधानको आयुमै शङ्का रहेको ज्यो. दीपक सुवेदीले दाबी गरेका छन् । संविधान घोषणा गर्दा राजनीतिक क्षेत्रले बुद्धि नपुर्याई गलत समयमा गरेको हुनाले संविधानलाई आधार मानेर गरिने अधिकांश कार्यहरू अनिश्चित हुने उनको कथन छ ।
dipak subedi jotisi आफू मन्त्री, प्रधानमन्त्री हुनलाई ग्रहदशा हेराउने तथा शान्ति गर्ने नेताहरूले देश र जनताको भविष्यसँग सरोकार राख्ने संविधान जस्तो महत्त्वपूर्ण विषयलाई जारी गर्दा राम्रो ग्रह पारेर नगरी आत्मघात–राष्ट्रघात–जनघात तुल्य ‘बलण्डर मिस्टेक’ गरेको सुवेदीले बताएका छन्।राजनीतिक क्षेत्रले कहिल्यै तीर्न नसक्ने ऋण लगाएको र अक्षम्य गल्ती गरेको उनको ठहर छ ।
बालारिष्ट अथवा बाल्यकालमै खड्को परेको मान्छेको जस्तो ग्रहमा यो संविधानको घोषणा भएको र यो धेरै टिक्न नसक्ने उनको जिकिर छ । संविधान घोषणा हुँदा ग्रह धेरै नराम्रो परेको र नराम्रो समयमा संविधान घोषणा भएकोले नै विद्यमान समस्या बढिरहेको उनको भनाइ छ ।source:npheadlines
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)