कसले बढाउँदै छ तेस्रो विश्व युद्धको सम्भावना.....
उमेश पौडेल।
९ मंसिर, काठमाडौं।
पश्चिम एसियामा जारी गृहयुद्ध र हिंसाका घटनाले अहिले विश्वको ध्यान तानेको छ ।जारी सिरिया युद्ध तथा मध्यपश्चिम एसियाको युद्धमा धरै देशको स्वार्थ गाँसिएको छ। जसमा धेरै स्वार्थ विश्वका शक्तिशाली मुलुकसंग जोडिएको छ। यसलाई रुस, अमेरिका, युरोपेली युनियन र अरु शक्ति राष्ट्रबीचको लडाईको रुपमा पनि हेर्ने गरिएको छ ।
दोस्रो विश्वयुद्ध ताका हिटलरले गरेको मानव नरसंहारको जस्तै झल्को दिनेगरी आजभोलि सिरिया तथा इराकमा युद्ध जारी छ । सन् १९३० को दशकमा हिटलरले करिव १ करोड दश लाख भन्दा बढि मानिसको क्रुर हत्या गरेका थिए ।
यसैगरि अमेरिकी गठवन्धनले इराकमा कम्तिमा पनि २ लाख २५ हजार व्यक्तिको हत्या गरेको थियो जसलाई इराक युद्ध भनेर चिनिन्छ जसमा पाँच हजार अमेरिकी सेनाको पनि मृत्यु भएको थियो ।
यस्तैगरी जारी सिरिया युद्धमा कम्तिमा पनि २ लाख बीस हजार भन्दा धेरैको ज्यान गइसकेको छ। जसमा सिरियाका शासकलाई रुसले समर्थन तथा हातहतियार पनि उपलव्ध गराउँदै आएको छ भने विद्रोहीहरुलाई अमेरिकाले प्रविधि तथा हतियार समेत उपलव्ध गराउँदै आएको छ । यसको मुख्य कारण भनेको खाडी राष्ट्रको तेल नै हो । सामरिक महत्व राख्ने सिरिया भने झन् झन् द्वन्दमा फसेको छ ।
अर्को देशको आन्तरीक मामलालाई आफ्नो सुरक्षा संवेदनशीलताको हवला दिदै शक्तिराष्ट्रहरुले आफुसंग भएका हातहतियारलाई परिक्षण गर्ने स्थलका रुपमा लिएका छन् ।
पछिल्लो समय टर्कीले रुसको युद्धक विमानलाई खसालेपछि समस्या बढिरहेको छ । रुसले यस घटनामा टर्कीसंग बदला लिने घोषणा गरेपछि त समस्या झन बढेको हो । अहिले रुस र नेटो गठवन्धन सन् १९९० को शीतयुद्धभन्दा अघिको अवस्थमा पुगेका छन् । यस्तै अवस्था रहने हो भने तेस्रो विश्वयुद्ध सम्भावना बढ्ने देखिन्छ।

