उपेन्द्र यादवमाथि जाईलाग्ने को हुन ?

काठमाडौं । सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लखेटिएको समाचार एकदमै भाइरल बन्यो ।


मधेस आन्दोलन १०० दिन पुगेको अवसरमा काठमाडौको माइतीघर मण्डलामा आयोजित शोक सभामा यादवलाई लखेट्ने राजेन्द्र सापकोटा नामका युवक हुन् । उनी अहिले सामाजिक सञ्जाल र समाचारमा चर्चित बनेका छन् । उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

एकाएक चर्चित बनेका सापकोटामाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । तर, उनी पेसाले चलचित्रकर्मी रहेको बुझिएको छ । उनले सहायक छायांकार भएर थुप्रै चलचित्रमा काम गरिसकेका छन् । ओस्कार कलेजमा छायांकन सम्बन्धी बिषयमा अध्ययन गरिरहेका सापकोटाले अन्तराल, नेपथ्य, पुन्टे परेड लगायतका चलचित्रमा सहायक छायांकारको रुपमा काम गरिसकेका छन् । उनले हालै मात्र जंगे नामक चलचित्र पनि छायांकन गरेका थिए ।

उनले यादवलाई मधेस आन्दोलनका कारण आफू जस्ता जनताले दुःख पाएको भन्दै प्रश्न गरेका थिए । उनी यादवको नजिक पुगेर उनीमाथि जाइलाग्न खोजेको र प्रहरीले समातेको खबर सार्वजनिक भएको छ ।

मधेस आन्दोलन र नाकाबन्दीले आफू र सम्पूर्ण नेपालीले दुःख पाएको भन्दै आफूले यादवमाथि जाइलाग्न खोजेको सापकोटाले पक्राउ परेपछि बताएको समाचारहरुमा जनाइएको छ ।

अहिले अन्य चलचित्रकर्मी पनि समुह बनाएरै भारतीय नाकाबन्दीविरुद्ध आन्दोलनमा उत्रिएका छन् । त्यहीबेला सापकोटा चर्चामा आए ।source:tazakhabar

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.