मनिषाको ब्वाई फ्रेन्ड थियो बिमलको आफ्नै साथी आशिस चौधरी ..प्रेमी भन्छन्- झगडापछि........... के भयो घटनाले नयाँ मोड लिदै ........ पुरा समाचार पढ्नुहोस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या प्रकरणको अनुसन्धान उनको प्रेमीतर्फ मोडिएको छ ।विमलकी बहिनी मनिषा गएराति आफ्नै घरमा मृत भेटिएकी थिइन् । आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । विहान घर आएकी आमाले छोरी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।



घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । जसमध्ये आशिष चौधरी पनि एक छन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् । र, अशिष र मनिषा प्रेमी प्रेमिका हुन् । अनुसन्धानमा खटिएका एक प्रहरीले अनलाइनखबरसँग भने, ‘गाउँलेहरुले बताए अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ ।’ प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी छन् । घटना बुधबार राति १० बजेपछि भएको अनुमान गरिएको छ । मनिषाकी आमा घर फर्किन्दा ढोका नलगाइएको र बिजुलीको मेन स्वीच अफ गरिएको थियो । घटना योजनावद्ध थियो वा क्षणिक आवेशको परिणाम थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी थिए ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक टिकाराम पोख्रेलका अनुसार उनीसँग प्रारम्भिक बयान लिइएको छ । उनले आफूले मनिषाको हत्या नगरेको दाबी गरेका छन् । चौधरीले वयानको क्रममा मनिषा घर एक्लै छ भन्ने थाहा पाएपछि आफू गएको र राति झगडा भएपछि दुई झापड हानेको स्वीकार गरेका छन् । तर, झगडापछि आफू बरन्डामा आएर सुतेको र पछि हेर्न जाँदा कोठामा झुण्डिएको अवस्थामा देखेको दाबी गरेका छन् । झण्डिएको अवस्थामा रहेकी मनिषालाई आफूले तल झरेको तर, उनको मृत्यु भइसकेकाले आफू घर गएको बयान दिएका छन् । प्रहरीले मनिषाको सल आशिषकेा घरबाट बरामद गरेको छ । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ । हत्याअघि बलात्कार भए नभएको यकिन गर्न शिक्षण अस्पताल महाराजगञ्जमा परिक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.