मनिषाको हत्यामा ठूलो गिरोह संलग्न भएको दाबी, संसदमै भयो हंगामा , कुन नेताले के भने ?

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीकी बहिनी मनीषा घर्तीको शंकास्पद मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न देश

तथा विदेशमा रहेका नेपालीहरुले माग गरि रहेका छन् ।
आम सर्वसाधारण नेपाली जतनाले छानविनको माग गर्नु पर्ने आवाज उठीरहेको समयमा संसदको बैठकमा शुक्रबार विशेष समय लिएर केही सांसदहरुले मनीषाको मृत्युको वास्तविकता बाहिर ल्याउन चर्को दबाद दिएका छन् ।


सांसदहरुले घटनाको सत्यतथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । विषेश समयमा बोल्दै सांसद विक्रम खनालले मनीषा र प्रेमी आशिष भनिने रुद्रनारायण चौधरी मात्रै घटनामा संलग्न हो कि होइन भनेर सुक्ष्म रुपले छानविन गर्न माग गरे । ‘मनीषको मृत्यु प्रकरणमा ठूलो अपराधिक समूहको संलग्नता रहेको हुन सक्छ ।’ उनले भने ।

यस्तै अर्की सांसद दिलशोभा पुनले मनीषको हत्यामा आशिष भनिने रुद्रनारायण चौधरीले नै हत्यामा संलग्न रहेको हुन सक्ने बताईन ।

उनले विशेष समय लिएर बोल्दै आफुलाई प्रहरीले दिएको जानकारी र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने उनको ठम्याई छ ।

शरीरका विभिन्न भाग खोल्सिएको, कोठाभित्र रगत लागेका कारण घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न उनको माग छ ।

आमा उपचारका लागि बुटवल गएको र दाई उपचारका लागि बेल्जियम गएको समयमा मनीषाको हत्या भएको सांसदहरुको ठम्याई थियो ।

बुधबार राति नवलपरासीको बर्दघाट नगरपालिका– ८ भुताहास्थित आफ्नै घरभित्र मनीषाको झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।source /www.livenepalinews.com

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.