मनिषाको मृत्यु रहस्यमय, प्रहरीको नियन्त्रणमा रहेका चौधरीले दिए यस्तो वयान

१३ जेठ, कावासोती।
फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।


आज बिहान बर्दघाट–८ स्थित घरभित्र मृत भेटिएकी मनिषाको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षणका लागि काठमाडौँ पठाएको हो ।

राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा



जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले भने– “शव परीक्षणका लागि काठमाडौँ पठाएका छौँ, यसले अनुसन्धानलाई सहयोग पुर्याउँछ ।” घटनाको सूक्ष्म अनुसन्धानका लागि विशेष टोली खटाई काठमाडौँ शव लैजान लागिएको प्रहरीले जनाएको छ ।

कोठामा रहेको खाटको सिरानतिरको सिसा फुटेको, कपडा लथालिङ्ग भएको अवस्थामा आफूहरु घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

विमल घर्ती बेल्जियम भएको बेला उनको घरमा के के भयो

प्रहरीको नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष)ले मनिषाको घर साँझ गएको तर फरक–फरक कोठामा सुतेको बयान प्रहरीलाई दिएका छन् । आमा नभएका बेला घर पुगेका उनी राति सामान्य झगडा भएपछि घर छोडेर हिँडेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.